Pokharapatra National Daily

ताराकुञ्जमा १८ औ पर्वतीय मिनी म्याराथन

रजत वर्षको अवसरमा पोखरा महानगरपालिका वडा नं १३ स्थित ताराकुञ्ज सेकेन्डरी स्कूलको आयोजनामा १८ औं पर्वतीय मिनी म्याराथन शनिवार सम्पन्न भयो ।
म्याराथन अन्तर विद्यालय स्त्तरीय सँगै विद्यालय भित्रकै विद्यार्थीहरु विच प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा छात्र तर्फ भद्रकाली माविका बसन्त विक प्रथम, ताराकुञ्ज सेकेन्डरी स्कूलका नवीन क्षत्री द्धित्तिय, भद्रकाली माविकै गंगा गुरुङ तृत्तिय, तारकुञ्ज सेकेन्डरी स्कूलका रचित कार्की र अक्सफोर्ड स्कूलका सफल गुरुङ चौथो स्थान प्राप्त गरे । त्यसैगरी छात्रा तर्फ भद्रकाली माविका बालकुमारी विक प्रथम, रतन पाण्डे माविका संस्कृति लामिछाने द्धित्तिय, तारकुञ्ज सेकेन्डरी स्कूलकी भावना रानाभाट तृत्तिय, भद्रकाली माविका जेयुसा गुरुङ र रिया तामाङ चौथा भएका छन् । खेलकुद विकास समिति गण्डकी प्रदेशका निर्देशक कृष्ण तिमिल्सिनाले कार्यक्रमको उद्घाटन गर्दै स्वास्थ्यका लागि दौड अति आवश्यक रहेको भन्दै विद्यार्थीहरुलाइ चौतर्फी विकास गर्न खेलकुद अनिवार्य रहेको चर्चा गरे । विद्यालयका संस्थापक एवं संरक्षक गणेश तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्राचार्य गोविन्द गौतम, निर्णायक शंकर शाह ,र विद्यालयका निर्देशक विष्णु तिमिल्सिना लगायतले वोलेको कार्यक्रम संयोजक नरेश तिमिल्सिनाले पोखरापत्रलाइ वताए ।

प्रतिकृया दिनुहोस्