Pokharapatra National Daily

मच्छिन्द्र र एपिएफ आहा राराको फाइनल यात्राको लागि भिड्ने

पोखरामा जारी २० औं संस्करणको आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिता अन्र्तगत बुधबारदेखि सेमिफाइनलका खेल सुरु हुने छन् ।
पहिलो सेमिफाइनलमा लिग लिडर मच्छिन्द्र फुटबल क्लब बिरुद्ध नेपाल एपिएफ क्लब बिच प्रतिस्पर्धामा हुने भएको आयोजक सहारा क्लवले जनाएको छ । विभागीय टोली त्रिभुवन आर्मी क्लब आहा राराको सेमिफाइनल प्रवेश गरेको छ । पोखरा रंगशालामा मंगलबार भएको अन्तिम क्वाटरफाइनलमा रुस्लान थ्रिस्टार क्लबलाई १–० को झिनो गोल अन्तरले पराजित गर्दै आर्मीले अन्तिम चारमा स्थान बनाएको हो ।
म्यान अफ दी म्याच घोषित आर्मीका राजीव गुरुङले गरेको गोल नै निर्णायक बन्न पुग्यो । दोश्रो रोजाईको खेलाडीको रुपमा खेलको ६४ औं मिनेटमा टंक बस्नेतको स्थानमा मैदान छिरेका उनले खेलको ७० औं मिनेटमा गरेको गोल नै निर्णायक बन्न पुग्यो । पहिलो हापमा दुबै तर्फ गोल रहित खेल बराबरीमा टुंगिए पनि सप्टिच्यूट खेलाडीको रुपमा गुरुङ मैदान छिरेका थिए ।
आहा राराको इतिहासमा पुलिस र मनाङ पछि थ्रि स्टार क्लवले बढी सफलता हासिल गरेको भए पनि तीन पटक फाइनलमा पुगेर पनि आर्मीले हालसम्म उपाजि चुम्नबाट बन्चित भएको छ । थ्रि स्टारले ५ औं, ९ औं, ११ औं, १३ औं र १७ औं आहा रारामा उपाधि जितेको थियो । २०७५ सालमा भएको १७ औं आहा राराको फाइनलमा थ्रि स्टारले आर्मीलाई टाईब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै उपाधि जित्नबाट बन्चित गराएको थियो ।
अब आर्मीले फाइनल यात्राको लागि मनाङ मस्र्याङ क्लबसँग प्रतिस्पर्धा गर्ने भएको आयोजक सहारा क्लवले जनाएको छ । यसैबीच, आयोजक सहारा क्लब पोखराले सेमिफाइनल र फाइनल खेलमा भने कोकरोना बिरुद्धको खोप कार्डको आधारमा एक तिहाई सिट क्षमतामा दर्शक भित्राउने तयारी गरेको क्लब महासचिव रामजीप्रसाद अधिकारीले जनाए । कोरोना महामारीका कारण हालसम्म बिनाटिकट खेल संचालन गर्दै आए पनि सेमिफाइनल र फाइनलका लागि प्रतिदर्शक ३ सय रुपैयाँ प्रबेश शुल्क लिने भएको उनले जनाए । टिकट बिक्री हुने र दर्शकले प्रभु पे अनलाइन एपमार्फत टिकट काट्न सक्ने व्यवस्था समेत मिलाइएको क्लवपले जनाएको छ । यसैबिच कास्कीमा भने कोरोनाको तेश्रो लहरका कारण धेरै क्षेत्र हाल प्रभावित भएको छ ।
यसबिषयमा कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले नेपाल सरकारको गत पुष २९ गतेको निर्णय बमोजिम खोप कार्ड अनिवार्य, मास्क अनिवार्य सहित सिट क्षमताको २५ प्रतिशत मात्र दर्शक भित्राउन पाउने गरी आहा रारामा दर्शक प्रबेस गर्न पाउने भएको बताए ।

प्रतिकृया दिनुहोस्