Pokharapatra National Daily

कोरोनाको कारण यस वर्षको आहा रारा गोल्ड कप दर्शक बिनै संचालन हुने

आहा रारा गोल्ड कपको इतिहासमै पहिलो पटक दर्शक विना आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिता २०७८ हुने भएको छ ।
क्याराभान गोल्ड कप सहितको २१ औं संस्करणमा दर्शक विना पहिलो पटक उक्त प्रतियोगिता हुने बाध्यता रहेको पोखराको प्रतिष्ठित संस्था सहारा क्लवले मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो ।
यही माघ ६ गते विहिबार देखि पोखरा रंगशालामा सुरु हुने उक्त प्रतियोगितामा एक विदेशी अमेरीकाको विवाईएससी मिनीसोटासहित १० टिमको सहभागिता हुने भएको क्लवका अध्यक्ष हरिराम गुरुङ (सुरज) ले बताए । प्रतियोगितामा संकटा क्लब, मछिन्द्र क्लब, नेपाल पुलिस फुटबल क्लब, हिमालयन शेर्पा क्लब, रुस्लान थ्रिस्टार क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल ए. पि. एफ. क्लब, मनाङ्ग मर्स्याङ्गदी क्लब र घरेलु टिम सहारा क्लब सहभागि हुने भएको क्लवले जनाएको छ ।
‘खेलकुदको विकासमा सहकार्य गर्रौ, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं’ भन्ने उद्देश्यले यही माघ १५ गतेसम्म संचालन हुने उक्त प्रतियोगिताको अन्तिम तयारी गरेका वेला तेश्रो लहरको कोरोनाको प्रभाव परेकोले हाल दर्शक विना उक्त प्रतियोगिता संचालन गर्ने तयारी गरिएको क्लवका अध्यक्ष हरिराम गुरुङ (सुरज) ले बताए । आयोजक, प्रायोजक, अपिसियल, खेलाडी तथा संचारकर्मी बाहेक अन्य दर्शक विना नै यसपाली आहा राराको इतिहासमै पहिलो पटक आहा रारा गोल्ड कप हुने भएको महासचिव रामजी प्रसाद अधिकारीले बताए । यही माघ ६ गते विहिबार आयोजक सहारा क्लव र विभागिय टोली सशस्त्र प्रहरी वलको एपिएफ क्लव बिच खेल हुने भएको क्लवले जनाएको छ ।
प्रतियोगिताको बिजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार रुपैयाँ नगद सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्ने भएका छन्। गत वर्षको विजेता संकटा क्लब र उपविजेता अफ्रिकन रुट एसोसिएसन डाउल्ला, क्यामरुन रहेको थियो । प्रतियोगिताबाट १ करोड ३६ लाख १ हजार रुपैयाँ आम्दानी गरी १ करोड ६ लाख ४८ हजार ५ सय रुपैयाँ खर्च हुने अनुमान गरिएको महासचिब अधिकारीले जनाए । क्याराभान गोल्ड कप सहित २१ वर्ष देखी निरन्तर सञ्चालन भएको यस प्रतियोगितामा वचत हुन आएको रकम क्लबद्वारा संचालित सुर्य बहादुर के.सी.स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिदै आएको क्लवले जनाएको छ । हाल तेश्रो व्याचको एकेडेमीमा १४ जिल्लाका २४ जना बालकहरु आश्रित छन् ।
प्रतियोगितालाई पहिलो संस्करण देखि नै मुख्य प्रायोजकको रुपमा बहुचर्चित मोफसलको व्यापारिकघरना हिमश्री फुड्स प्रा. लि. को उत्पादन आहा तथा रारा तयारी चाउचाउले गरेको छ । दितीय पुरस्कार प्रायोजन सहारा क्लब हङकङ, सर्वोत्कृष्ट खेलाडी पुरस्कार सीताज लाइफ स्टाइलको अप्रिला स्कुटर रहेको छ ।

प्रतिकृया दिनुहोस्