Pokharapatra National Daily

पुनलाई १० किलोमिटर सडक दौडको उपाधि, महिला तर्फ भने एपिएफकी रानालाई

भारतीय सेनामा कार्यरत तिर्थ पुनले शनिबार पोखरामा सम्पन्न भएको १० किलोमिटर पुरुष तर्फको सडक दौड प्रतियोगिताको उपाधि जितेका छन् ।
बागलुङ ढोरपाटनका पुन हाल काठमाण्डौंबाट प्रतियोगितामा सहभागि जनाएसंगै उनले निर्धारित दुरी ३३ मिनेट ३३ सेकेण्डमा पार गरी उपाधि सहित नगद १५ हजार हात पार्न सफल भए । काठमाडौंका जितेन्द्र दवाडीले ३४ मिनेट ७ सेकेण्डमा उक्त दुरी पार गरी दोश्रो भए भने ३४ मिनेट २२ सेकेण्डमा उक्त दुरी पार गरेका काठामण्डौंका शिव बहादुर रायमाझी तेश्रो भए । त्यसै गरी महिला तर्फको १० किलोमिटर सडक दौडमा एपिएफकी पुलमति रानाले उपाधि जितेकी छन्। प्रतियोगितामा सहभागि ८१ जना प्रतियोगिहरुलाई पछि पार्दै निर्धारित दुरी ४०मिनेट ५२ सेकेण्डमा पार गरी उपाधि जितेकी हुन् ।
मकवानपुरकी छेन्वी राईले ४२ मिनेट १ सेकेण्डमा उक्त दुरी पार गरी दोश्रो भईन भने एपिएफकै आसा रावत तेश्रो भईन । रावतले निर्धारित दुरी ४३ मिनेट ५२ सेकेण्डमा पार गरेकी हुन्। प्रतियोगितामा विजयी महिला र पुरुषतर्फ प्रथम हुनेले जनही १५÷१५ हजार, दोश्रोले १०÷१० र तेश्रोले ५÷५ हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गरे ।
उक्त अवसरमा ७४ बर्षका एक बृद्धले उत्त दौड पुरा गर्न सफल भएका छन् । जन्म घर गोर्खा भई हाल पोखरा ७ मा बस्दै आएका जेष्ठ नागरिक टंक बहादुर श्रेष्ठ (तक्माबुढा) ले खुस व्यत्त गरेकाछन्। मञ्चका अध्यक्ष एवं गण्डकी प्रदेश खेलकूद परिषदका सदस्य सचिब तेज बहादुर गुरुङले सवै पोखरेलीको साथ र सहयोगले गर्दा कोरोना कालमा पनि विभिन्न चरणमा म्याराथन १० किलोमिटर सडक दौड पुरा गरेसंगै उनलाई मेडल सहित सम्मान गरिएको छ । साथै उनलाई पोखरा महानगरले नगद १० हजार सहित सम्मान गर्ने भएको छ । भुतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा शनिबार पोखरामा सम्पन्न भएको महिला तथा पुरुष तर्फको १० किलोमिटर सडक दौडमा १७ जिल्लाका ५ सय १८ जना सहभागि भएको मञ्चले जनाएको छ । विजयी खेलाडीहरुलाई राखेप सदस्य राजेश कुमार गुरुङ, पोखरेली मञ्च यूकेका उपाध्यक्ष करम गुरुङ, मञ्चका अध्यक्ष एवम गण्डकी प्रदेश खेलकूद परिषदका सदस्य सचिब तेज गुरुङ, मञ्चका संस्थापक अध्यक्ष खड्ग बहादुर रानाभाट, प्रथम उपाध्यक्ष हरि पराजुली, कृषी विकास बैंक वरिष्ठ शाखा प्रवन्धक हिमलाल श्रेष्ठ, सोही वैंकका वरिष्ठ शाखा प्रमुख भोला शर्मा, मञ्चका सल्लाहाकार संयोजक दिल बहादुर गुरुङ, सल्लाहाकार शम्भु कार्की, द्वितिय उपाध्यक्ष दिल बहादुर गुरुङ, पश्चिमाञ्चल क्षेत्रीय खेलकुदका कार्यालय प्रमुख लक्ष्मण प्रसाद योगी, एथ्लेटिक्स संघका केन्द्रिय सदस्य गज बहादुर गुरुङ, मञ्चका सचिव कृष्ण तिमिल्सिना लगायतले मेडल, नगद तथा प्रमाणपत्र वितरण गरेका थिए । १५ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन अन्तर्गत यस बर्ष कोरोनाको कारण विभिन्न चार चरणमा विभिन्न इभेण्ट आयोजना गरिएको अध्यक्ष गुरुङले जनाए ।
यस अघि दौडको शुभारम्भ पोखरा रंगशालाबाट पोखरा महानगरपालिकाका प्रमुख मान बहादुर जिसीले गरेका थिए । विश्वभर कोभिड १९ का कारण सम्पूर्ण स्वास्थ्यका मापदण्ड अपनाउँदै दौड कार्यक्रम आयोजना गरिएको मञ्चका आजिवन सदस्य तथा स्वास्थ्य समितीका संयोजक सम्मर बहादुर श्रेष्ठले बताए ।
कार्यक्रममा सहभागीहरुलाई नेलम्वो नेपालले स्वास्थ्यका सामाग्री मास्क र सेनीटाइजरहरु समेत वितरण गरेको थियो । त्यसै गरी दौडतर्फ २०० जना धावकहरुलाई उनीहरुले दौड पुरा गरेको क्रमशंख्याको आधारमा मेडल प्रदान गरिएकोे मञ्चका प्रथम उपाध्यक्ष हरि प्रसाद पराजुलीले जनाए ।

प्रतिकृया दिनुहोस्