Pokharapatra National Daily

जाडो मौसम स्वास्थ्यका लागि कति फइदाजनक ?

डा प्रकाश पौडेल
मौसम र स्वास्थ्यबीच एकअपासमा गहिरो सम्बन्ध हुन्छ । जाडो मौसमले धेरैजसोलाई फाइदा पु¥याइरहेको हुन्छ भने निश्चित रोग तथा समस्या भएका व्यक्तिहरुलाई बेफाइदा ।
शारीरिक कसरत गर्ने र खेलकुदमा रुचि राख्ने व्यक्तिहरुलाई जाडोमा विभिन्न खालका फाइदा छन् । जाडोमा शरीरले आफ्नो तापक्रम सन्तुलनमा राख्न क्यालोरी बर्न गरिराख्नुपर्ने हुन्छ । कसरत गर्नाले क्यालोरी बर्न गर्न मद्दत गर्छ। जाडोमा कसरत गर्ने मानिसको मुटु, फोक्सोको काम गर्ने क्षमता बढ्छ ।
चिसोमा खेलकुदमा सक्रिय रहने, शारीरिक कसरत गर्ने मानिसको शरीरमा स्टामिना (सहनशक्ति) बढी हुने हुँदा लामो समयसम्म दौडन सक्छन् । त्यसैले खेलाडीको निमित्त जाडो मौसम फाइदाजनक हुन्छ । जाडोमा दिमाग बढ्ने हुँदा अध्ययन गर्नेहरुलाई पनि उपयुक्त मान्न सकिन्छ । जाडो मौसममा वृद्धवृद्धा, बालबालिका, छातीका बिरामीले भने विशेष ध्यान दिनुपर्छ । यस्तो अवस्थाका मानिसलाई छिटो चिसोले समात्ने गर्छ । त्यसैले व्यक्तिहरुले शरीरलाई न्यानो पारेर राख्नु पर्छ ।
जाडो मौसमका फाइदा
–जाडो मौसममा खानामा रुचि बढ्नुका साथै निद्रा बढ्ने गर्छ ।
–शारीरिक कसरत गर्ने मानिसको क्यालोरी बर्न हुनुका साथै शारीरिक क्षमताको पनि विकास हुन्छ ।
–जाडोमा कसरत गर्ने मानिसको मुटु र फोक्सोको काम गर्ने क्षमता बढी हुन्छ ।
–चिसो मौसममा विभिन्न कसरत गर्ने, खेल खेल्ने मानिसहरु लामो समयसम्म दौडन सक्छन्। किनभने यस्ता मनिसको शरीरमा लामो समयसम्म स्टामिना रहिरहन्छ ।
–जाडो मौसमा धुलो, धुवाँबाट हुने एलर्जीबाट बच्न सकिन्छ ।
–बाहिरी वातावरणमा हिँडडुल गर्ने मानिसलाई एन्जाइटी, डिप्रेसन कम हुने गर्छ ।
–जाडोमा शारीरिक कसरत गर्ने मानिसको रक्तसञ्चारमा मद्दत पुग्छ ।
–जाडो मौसममा रोग प्रतिरोधात्मक क्षमताको पनि विकास हुन्छ ।
–अन्य बेलामा भन्दा जाडोमा दिमाग सक्रिया हुने गर्छ । पढ्ने र दिमाग लगाएर गर्नुपर्ने काममा जाडो मौसमा सफल भइन्छ ।
–शारीरिक कसरत गर्नाले क्यालोरी बर्न हुनुका साथै सेतो बोसो ब्राउन बोसोमा परिणत हुने गर्छ ।
–टिस्युमा हुने इन्फ्लामेसन (सुजन) पनि कम हुने हुन्छ ।
–सरुवा रोगको जोखिम पनि कम हुन्छ ।
–शल्यक्रिया गरेका बिरामीमा संक्रमण फैलने जोखिम कम हुन्छ ।
– जोडो मौसमा अन्य समयमा भन्दा स्वास्थ्य समस्या कम हुने हँुदा अस्पतालमा बिरामीको भीड पनि कम हुन्छ । (डा पौडेल छाती रोग विशेषज्ञ हुन्) साभारः स्वास्थ्य खबर

प्रतिकृया दिनुहोस्