Pokharapatra National Daily

स्पोर्टस् क्यासललाई ‘मिजास एमेचुअर’ फुटसलको उपाधि

आयुष–अनुदीपको आयोजनामा पोखरामा सम्पन्न ‘प्रथम एमेचुअर मिजास फुटसल’ प्रतियोगिताको उपाधि टिम स्पोर्टस् क्यासलले जितेको छ ।
पोखरा महानगरपालिका ४ गणेशटोलमा आईतबार सम्पन्न फाईनल खेलमा सिमपानी एफसीलाई २–० गोल अन्तरले पराजित गर्दै होम ग्राउण्डमा क्यासलले उपाधि जितेको हो । क्यासलको जीतमा प्रशन्न श्रेष्ठ र रोशन लिम्बुले समान १÷१ गोलको योगदान दिए । उपाधिसँगै टिम क्यासलले शिल्ड, मेडल सहित नगद रु २० हजार प्राप्त गर्याे । भने उपबिजेता टिम सिमपानी एफसीले शिल्ड, मेडल सहित नगद रु १० हजारमा चित्त बुझायो । कुल ३८ टिमको सहभागिता रहेको सो प्रतियोगिताबाट क्यासलका प्रशन्न श्रेष्ठ सर्बाेत्कृष्ट खेलाडीका रुपमा ट्रफीबाट पुरस्कृत बने भने उपबिजेता टिमका गोलरक्षक विपिन भण्डारी उत्कृष्ट गोलरक्षकको पुरस्कारको हकदार बने ।
यसअघि फाईनल खेलको पहिलो हाफ बराबरीमा सकिएपनि दोस्रो हाफमा भने स्पोर्टस् क्यासले दवाब सिर्जना गरेको थियो । दोस्रो हाफमा राम्रा मुभहरु बनाईरहेको क्यासलले सुशान्त गाहा मगरको एयर पासलाई सदुपयोग गर्दै प्रशन्न श्रेष्ठले पहिलो गोल गरे । उक्त गोल पश्चात सिमपानीलाई थप दवाब सिर्जना भयो ।
उक्त गोल पश्चात रोशन लिम्बुले सिमपानीका डिफेन्डरलाई बिट गर्दे निर्णायक दोस्रो गोल गर्दै क्यासललाई उपाधि दिलाएका थिए । आगामी माघ २४ गते सोही स्थानमा स्पोर्टस् क्यासल प्रालिले उदीयमान खेलाडीलाई लक्षित गरि ‘प्रथम एमेचुअर क्यासल कप फाईभ ए साईड फुटसल प्रतियोगिता २०७७’ आयोजना गर्दैछ ।

प्रतिकृया दिनुहोस्